
सुर्खेत । गुर्भाकोट नगरपालिकालाई आगामी छ वर्ष भित्र पोषण मैत्री पालिका बनाउने भएको छ । आज गुर्भाकोट नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा गुर्भाकोट नगरपालिका सुर्खेतलाइ आगामी २०८७ सालमा पोषणमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता गरिएको हो ।
सुन्दर नेपाल संस्था पोषण परियोजनाको सहयोगमा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको समिक्षा वैठकमा चालु आ.व.मा भएका पोषण क्रियाकलाप बारे जानकारी दिइएको थियो । कार्यक्रममा आगामी वर्षमा पोषण सम्बन्धी गरिने कार्ययोजना संगै आगामी वि.सं. २०८७ साल भित्र यस नगरपालिकालाई पोषणमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता हुँदाको जनाइएको छ ।
प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्